नगरप्रमुख तामाङद्वारा मेलम्चीमा नवनिर्मित योग भवन उद्घाटन

विविध

मेलम्ची ।
मेलम्चीमा नवनिर्मित योग भवनको औपचारिक उद्घाटन गरिएको छ । भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले स्वस्थ समाज निर्माणका लागि योग अभ्यास सबैका लागि आवश्यक रहेको बताउँदै नियमित अभ्यासमा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख, उप–प्रमुखलगायत स्थानीय प्रतिनिधि, योग साधक तथा दिग्गज योगीहरूको उपस्थिति रहेको थियो ।

भवन उद्घाटनसँगै सहभागी योगीहरूसँग विशेष अन्तरक्रिया सत्र समेत आयोजना गरिएको थियो । स्वस्थ जीवनशैली, नियमित योग अभ्यासको महत्व र मानसिक–शारीरिक सन्तुलनबारे योग प्रशिक्षकहरूले आफ्ना अनुभवहरू साझा गरे ।

स्थानीय तहबाट योग र स्वास्थ्यप्रति बढ्दो चासोलाई संस्थागत रूपमा अघि बढाउन नवनिर्मित भवनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । यस अवसरले मेलम्ची नगरक्षेत्रमा योगप्रति जनचेतना बढाउने र सामुदायिक स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।

Leave a Reply