हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को सिलान्यास, भविष्यमा क्यान्सरको समेत उपचार गर्ने लक्ष्य

* # समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु । हेलम्बु गाउँपालिका वडा नम्बर ६ मा नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को सिलान्यास गरिएको छ ।

हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा तथा छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा निर्माण हुने उक्त केन्द्रको शिलान्यास कार्यक्रममा नेपालका लागि अमेरिकन राजदूत डिन आर थम्पसन, गुरु मिङ्ग्यूर रिन्पोछे, तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको उपस्थित रहेको थियो।

यस चिकित्सा केन्द्र निर्माण सम्पन्न भएपछि दन्त तथा आँखा सम्बन्धी स्वास्थ्य सेवाहरू सबै हेलम्बुवासीका लागि निःशुल्क उपलब्ध गराइनेछ।

साथै, भविष्यमा क्यान्सर तथा अन्य विशेषज्ञ उपचार सेवा थप विस्तार गरिने लक्ष्य राखिएको छ। स्थानीय भुमि तथा जनस्वास्थ्य सुधारतर्फ महत्वपूर्ण कदम मानिएको यो परियोजनाबाट हेलम्बु क्षेत्रका स्थानीयलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

Leave a Reply