मेलम्ची । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले स्थानीय युवालाई घरमै बसेर उच्चस्तरीय शिक्षा हासिल गर्न क्याम्पसले सिर्जना गरेको अवसरको उच्च प्रशंसा गर्नुभयो । उहाँले इन्द्रावती क्याम्पसलाई नगरको शैक्षिक पहिचान बोकेको महत्वपूर्ण धरोहरको रूपमा उल्लेख गर्दै गुणस्तरीय शिक्षामा सबै पक्षको हातेमालो अपरिहार्य रहेको धारणा राख्नुभयो ।

विशेष आतिथ्यतामा रहनुभएकी उपप्रमुख उमा प्रधानले क्याम्पसले समुदायमा पु¥याइरहेको शैक्षिक योगदानको प्रसंसा गर्दै विद्यार्थीलाई अनुशासन, उत्तरदायित्व र सामाजिक संवेदनशीलतासहित अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले विगत वर्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षमा अनुसन्धानमुखी तथा विद्यार्थी–केन्द्रित शैक्षिक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याम्पसका अध्यक्ष महेश दुलाल (सिपी) को अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थागत विकास र शैक्षिक उन्नयनप्रति सामूहिक प्रतिवद्धता व्यक्त गर्दै सफलतापूर्वक समापन भएको क्याम्पसले जानकारी दिएको छ ।


