मेलम्चीमा व्यवसायीक गाईभैसी पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिकाको आयोजनामा व्यवसायीक गाईभैसी पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । तािलममा गाई भैंसीपालनको महत्व साथै वर्तमान अवस्थाबारे, गाई भैंसीका जातहरु बारे शाखा प्रमुख उपेन्द्र पण्डितले जानकारी गराउनु भयो ।

गाई भैंसी पालन गर्ने धेरै तरिकाहरू मध्ये सम्बन्धति क्षेत्रका हावापानी, आहराको उपलब्धता, सामाजिक परम्परा, जनशक्तिको उपलब्धता र बजारको व्यवस्थामा निर्भर हुने कार्यक्रममा सहभागीलाई प्रशिक्षक दिपक थापाले जानकारी गराउनुभयो ।

तालिममा पशु शाखाका प्रमुख उपेन्द्र पण्डित, कर्मचारीहरु दिपक थापा, बिनोद तामाङ, उषा कार्की, पविन गिरि, आदेश रानामगर लगायतले सहजिकरण गर्नु भएको थियो ।

तालिममा नगरपालिका भित्रका २६ जना सहभागी भएका थिए । कार्यक्रममा मेलम्ची नगरपालिका वडा न ११ को वडा सदस्य प्रतिमा धितालले आज सिकेका कुरा भोलि लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । नगरपालिकामा विभिन्न तालिमहरु सञ्चालन हुने गरेको बताउँदै त्यस्ता तालिममा सहभागी भएर नयाँ कुरा सिक्न आग्रह गर्नु भयो । जेठ ७ गते नगरपालिकाका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिम आज सम्पन्न भएको हो ।

Leave a Reply