सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्व सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो ।

पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र मान्यतामा रहेर काम गर्न पर्ने बताउनुभयो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गत मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोक गढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधारहरु जस्तैः वञ्जीजम्प, स्काई साइक्लिङ, जिपलाईनहरु निर्माण गरी पर्यटकहरुलाई थप समय यस क्षेत्रमा व्यतित गर्ने व्यवस्था गरिने, छिमेकी पालिका सुनकोशी, बलेफी र जुगलको साझेदारीमा पर्यटकीय पूर्वाधारहरु विकास गर्न पहल गरिने, पर्यटन सूचना केन्द्र निर्माण गरी नगरपालिकाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने व्यवस्था गरिने, सुकुटे क्षेत्रको सुरक्षालाई ध्यानमा राखी नगर प्रहरीको व्यवस्था गरिने, जुगल हिमाल लगायत जिल्लाका अन्य पर्यटकीय क्षेत्रका प्रवेशद्वारका रुपमा सुकुटे क्षेत्रलाई प्रवद्र्धन गरिने,बलेफीमा पर्यटन विभागको सहयोगमा निर्माणाधिन रÞ्याफ्टिङ्ग विद्यालयको निर्माण समयमा नै सम्पन्न गरी दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय सरकारले समन्वय गर्ने, सुकटे क्षेत्रमा पर्यटन प्रवद्र्धनका एकीकृत कार्यक्रम अघि बढाउन सरोकारवाला सबैको सामुहिक प्रयासमा जोड दिइने बताउनुभयो ।

Leave a Reply