११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ईन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा १२ वटै वडाबाट महिला उद्यमीहरुले उत्पादन गरेका तरकारी , खाद्यान्न , कपडा, जडिबुटि लगायत स्टल राखिएको थियो ।उनिहरुलाई पालिकाले नगद सहित सम्मान समेत गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टलको रुपमा वडा नम्बर १ लाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले महिलाहरुको आयआर्जन वृद्धि गर्न हरेक वडामा तालिम दिएर त्यो वडाको विशेषता अनुसार उद्यम सञ्चालन गरिएको बताउनुभयो । उहाँले महिलाको हक अधिकार स्थापित गर्न गणतन्त्र पछिका सरकारले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले कृषि र पशुपालन मार्फत पालिकालाई समृद्ध बनाउन बिभिन्न संस्थासंग सहकार्य गरि कार्यक्रमहरु ल्याइएको बताउनुभयो ।

उपाध्यक्ष सोभना तामाङले महिला अगि बढ्न लगानि मात्र हैन त्यसको प्रोत्साहन गर्न पर्नेमा जोडदिनुभयो । उहाँले आयार्जन र रोजगारी मार्फत महिलालाई अघि बढाउन पालिका लागि परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडाका अध्यक्षहरु र महिला संगठनका प्रमुख लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बिभिन्न सहकारी र महिला समुहले सचेतनामुलक नाटक, गितले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।
कार्यक्रम पशु सेवा शाखाका संगिता खत्रीले सञ्चालन गर्नुभएको थियो ।




