मेलम्ची नगरपालिका ८ स्थित सिन्धु स्पाइडर युवा क्लबको आयोजनामा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरको प्रमुख अतिथ्यता, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यता र वडा अध्यक्ष जितबहादुर तामाङ लगायत अन्य विशिष्ट ब्यक्तिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद तामाङले यस्ता कार्यक्रमले हाम्रो संस्कृति र संस्कार जगेर्ना हुने बताउँदै यो तामाङ पर्व नभई राष्ट्रिय पर्व भएको बताउनुभयो । क्लबको यो कार्यको प्रशंसा गर्दै आफू सँधै युवाहरुको साथमा रहेकोले एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो । युवाहरुबाटै बिकास संभव रहेको बताउँदै जुनसुकै पक्षको आस्था राख्ने भए पनि बिकासको लागि एक हुनुपर्ने उहाँको भनाइ थियो । बिकासमा प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस तयार रहेको बताउँदै प्रतिस्पर्धामा अन्य दललाई आउन चुनौती दिनुभयो । जिताउने जिम्मा लिनुभयो भने बिकासको जिम्मा लिन तयार रहेको उहाँको भनाई थियो । फट्टेको पुल बनाउनको लागी अहोरात्र खटिइरहेको बताउँदै उहाँले उक्त पुल यहि कार्यकालमा बनाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
बिशेष अतिथि नगरप्रमुख तामाङले सबै तामाङले पनि सबै पर्व मान्दै आएको र अरु जातीले पनि ल्होसार मनाउन आह्वान गर्नुभयो । वडामा अघिल्लो कार्यकालमा भएका काम र अहिले भएको कामको मुल्यांकन गर्न वडा बासीमा आग्रह गर्नुभयो । नगरपालिकामा सबै क्षेत्रमा अघिल्लो कार्यकालका जनप्रतिनिधिले भन्दा राम्रो काम गरेको दाबी गर्नुभयो । जनप्रतिनिधि सेवक र जनता मालिक भएको बताउँदै जनताको सेवा गर्न नसके उ सच्चा जनप्रतिनिधि हुनै नसक्ने बताउनुभयो ।
सडकको लागि २ करोडको लागि ठेक्का लागिसकेको बताउँदै सबै वडामा समान बिकास गर्न पर्ने र त्यसको लागी कमि कजोरी गर्न छुट नभएको बताउनुभयो । बिद्यालय्को गुवस्तरीय शिक्षाको लागी नगरले सहयोग गरेको बताउनुभयो । संघ सरकारले अनुमति नदिएकोले अघिल्लो वर्षको बजेट समेत फ्रीज भएको र फट्टेको पुल निर्माणमा ढिलाई भएको बताउनुभयो । साथै उक्त पुल नगर आफै बनाउने तयारीमा रहेको र मात्रै संघको अनुमति कुरिरहेको उहाँको भनाइ थियो ।
बिशेष अतिथि वडा अध्यक्ष तामाङले ल्होसारलाई सबैले मनाउन पर्ने र बिधीपुर्वक मनाउनुपर्ने बताउँदै सबै भेगमा वडाले समान हिसावले हेरेको र बिकास निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । फट्टे दुवाचौर लाभगाउँ बरुवा मोटरबाटो आफ्नै पहलमा बनेको बताउँदै पदमा नहुँदा पनी वडा लगायत यस भेगको बिकासमा कुनै कमी हुन नदिएको उहाँको भनाइ थियो । वडाको हरेक बस्तीमा पानीका ट्याङ्कीहरु निर्माण भइसकेको तर ब्यवस्थित धारा बनाउन नसकेको बताउँदै साथै दाउचे क्यौरानी ककनी सडक पक्की बनाउन आवश्यक रहेकोले नगरप्रमुख र प्रदेश सांसदको ध्यानाकर्षण गराउनुभयो । साथै बिकास भनेको जादुको छ्डी नभई बिस्तारै हुँदै जाने बताउँदै वडाको बिकासहरु सबै कुरा मिल्दै गएको ले धैर्य गर्न वडाबासिहरुमा आग्रह गर्नुभयो ।
लामा गुरु साङ्गे लामाले ल्होसार कसले किन र कसरी मनाउने भन्ने बारे प्रष्ट पार्नुभएको थियो । तरुण दल जिल्ला उपसभापति तथा क्षेत्रीय प्रवक्ता जित ब थिङले शुभकामना मन्तव्य राख्दै ल्होसार तामाङको मात्रै नभई राष्ट्रिय पर्व भएकोले सबैले यसको अपनत्व लिन जरुरी रहेको ।
जल बहादुर दोङले क्लबले गरेको कार्यक्रममा सबै जातिहरु उपस्थिति हुनु राम्रो कुरा भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि कृष्ण कुमार तामाङ समिरको सहयोगले बिद्यालयमा जनशक्ति ब्यवस्थापन सँगै भौतिक सुधार हुँदै गएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै क्लवका अध्यक्ष अरुण तामाङले सहयोगी सबैमा धन्यवाद र उपस्थीत सबै अतिथि र उपस्थिह हुनुभएकाहरुमा आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा सहयोगीहरुलाई सम्मान पत्रबाट सम्मान र अतिथिहरुलाई क्लबको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।