मलेसिया ।
नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम गरेर मनाउने भएको छ ।
हरेक बर्षा झै यस बर्षा पनि नेपाल तामाङ धेदुङ मलेसियाले यस वर्ष पनि मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सा–पुख्री) सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम गरेर मनाउने भएको हो ।
“बिश्व भरी छरिएर रहेका तामाङ हरु एक हौ“ आफ्नो भाषा, धर्म, कला र सस्कृतीको जगेर्ना गरौ भन्ने मुला नारा को साथ ल्होछार बृहत सास्कृतिक कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा आफ्नो सेलो संगितिक प्रस्तुति दिन नेपालबाट सेलो गायक प्रकाश तितुङ तामाङको उपस्तिथि रहने सास्थका सचीव सन्जिव तामाङले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम २९ जनवरी २०२५ मा होटल ग्रान्ड कन्टिनेन्टलमा हुने तामाङले जानकारी दिनुभयो । सेलो गायक प्रकाश तितुङ तामाङ र अन्य धेरै स्थानिय कलाकारहरुको प्रस्तुति पनि रहने कार्यक्रमको उद्घोषण स्मारिका तामाङले गर्ने उहाँले बताउनुभयो ।
यस बर्ष को कार्यक्रममा सिमित रूपमा मात्र प्रवेश गर्न पाइने र सो कार्यक्रममा सहभागी हुन चहाने दर्शकहरुले विभिन्न मध्यमबाट आफ्नो नाम तथा विवरण टिपाएर मात्र कार्यक्रम प्रवेश गर्न सकिने सचिव तामाङले जानकारी दिनुभयो ।