छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी राजेश्वरी माविले हात पारेको छ।
१० स्वर्ण ९ रजत २३ कास्य जित्दै प्रथम भएर राजेश्वरीले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै भिमेश्वरी माविले ६ स्वर्ण ३ रजत १ कास्य पदक जित्दै दोस्रो हुन सफल भएको हो।
प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदक जित्दै चण्डेश्वरी मावि तेस्रो हुन सफल भयो। छात्र भलिबलतर्फ ऐसेलुखर्क मावी प्रथम हुँदा राजेश्वरी दोस्रो सिपातिनधारा जनता मावि तेस्रो बन्यो।
त्यस्तै छात्रा भलिबलतर्फ राजेश्वरी मावि प्रथम नवलपुर मावि दोस्रो र सिपातिनधारा मावी तेस्रो बन्यो। २८ पदकका लागि भएको प्रतियोगिता २७ गतेबाट सुरु भएर सोमबार समापन भएको हो।
यसअघि पनि राष्ट्रपति रनिङ सिल्डमा ३ पटक विजेता बनेको राजेश्वरी यसपटक पनि तिनै पटक जित्दै रनिङको च्याम्पियन बनेको राजेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो ।