झोलुङ्गे पुल र मेलम्चीका बस्ति संरक्षणका लागि प्रयास जारी

मेलम्ची खोलामा रहेको झोलुङ्गे पुल, मेलम्ची दोभानटारका बस्ति र बजारका बस्ति संरक्षणका लागि मेलम्ची नगरपालिकाले काम थालेको छ । मेलम्ची बजारको झोलुङ्गे पुलमुनीबाट नदि नियन्त्रण तथा बस्ति संरक्षणका काम थालिको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । दिन प्रतिदिन नदिले धार परिवर्तन गरि पुल र बस्ति उच्च जोखिममा रहेकाले संरक्षणका लागि मेसिन लगाएर काम सुरु गरेको […]

Continue Reading

निर्वाचनमा अन्तरघात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको लागी सिफारिस

स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको सिफारिस गरिएको छ । गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको भन्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमती प्रदेशका वहालवाला स्वास्थ्यमन्त्रीसहित वडाध्यक्षहरूलाई कारबाहीको सिफरिस गर्नुभएको हो । उहाँले कांग्रेस जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्तरघात गरेको कुराहरूसमेत रहेका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री […]

Continue Reading

निशुल्क एम्बुलेन्स सञ्चानलका लागी साइकल यात्रा, ११ हजार जनाबाट २० लाख संकलन

इन्द्रावती गाँउपालिका ४ को इन्द्रावती सामुदायिक सेवा सञ्जालले शुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालनका लागि शुरु गरेको साइकल यात्राका क्रममा ११ हजार ६ सय जनाबाट २० लाख भन्दा धेरै रकम संकलन भएको छ । २०७७ साल कात्तिक ७ गतेबाट सुरु गरिएको अभियान कोभिड १९ का कारण केही समय रोकिएको थियो । साइकल मार्फत देशभरबाट कम्तिमा एक […]

Continue Reading

भोटेकोशीमा छाँया सरकार गठन

नेकपा (माओबादी–केन्द्र) भोटेकोशी गाँऊपालिका सिन्धुपाल्चोकको पुर्ण बैठक बसेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतिथ्यतामा भएको बैठकले समितिको रिक्त पदपूर्ति गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजु घतानि, सचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षको जिम्मेवारी च्यागा शेर्पालाई दिइएको नेता सापकोटाको सचिवालयले जनाएको छ । साथै, बैठकले आगामी चुनावलाई लक्षित गर्दै तिन महिने […]

Continue Reading

महिला अधिकार सुनिश्चित गर्ने माओवादीले नै हो : पूर्व मन्त्री दुलाल

रेडियो मिसन वाग्मती प्रदेश सरकारको पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले राजनीतिक रुपमा महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रम दुलालको सो कुरा बताउनुभएको हो । उहाँले महिलाहरुलाई आत्मनिर्भरता ,नेतृत्वदायी , सृजनसिल र सामाजिक भूमिकामा जोड दिन […]

Continue Reading

लोकल ब्राण्ड बनेको पाँचपोखरीको आलुको उत्पादन बढ्यो

रेडियो मिसन, मेलम्ची हरेक ठाँउ एक न एक कुराले परीचीत हुन्छ । त्यस्तै मध्येको एक पहीचान बोकेको छ पाँचपोखरी थाङपाल गाँउपालीकाले । पाँचपोखरी थाङ्पाल गाँउपालीकामा स्थानीय जातको आलु खेती हुंदै आएको छ । गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ […]

Continue Reading

मेलम्चीको स्वास्थ्य शिविरमा १२० भन्दा बढीले सेवा लिए

रेडियो मिसन, मेलम्ची मेलम्चीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विभिन्न् संघ संस्थाको सहयोगमा मेलम्ची नगर अस्पतालमा भएको शिविरमा १२० भन्दा बढीले सेवा लिएका छन् । बिकलाङ्ग मित्र समुह, अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगर अस्पताल र अपांगता सरोकार मञ्च मेलम्चीको सहकार्यमा बाल अपांगता पहिचान, स्वास्थ्य तथा पुर्नस्थापना सम्बन्धी निःशुल्क […]

Continue Reading

मेलम्चीका क्षतिग्रस्त संरचना र्निमाण कार्य सुरु समेत हुन नसक्नु निकै गम्भीर विषय हो : नगर उद्योग वाणिज्य सघं

मेलम्ची नगर उद्योग वाणिज्य सघंले बाढीबाट क्षत्ति भएको इन्द्रावती नदि र मेलम्ची नदिमा रहेको मोटरेवल पुल, झोलुङ्गे पुल निर्माणको लागि कुनै पनि कार्य प्रारम्भ हुन नसक्नु निकै गम्भीर र सोचनीय विषय बनेको बताएको छ । एउटै प्रकृतिको बाढिबाट क्षत्ति भएको छिमेकी हेलम्वु गा.पा. ले बाढि गएको १ बर्ष पनि नपुगि बेली बृज निर्माण हुनु र […]

Continue Reading

मेलम्ची क्षेत्रका सडक स्तरोन्नति गरिदिन खानेपानीसँग नगरको आग्रह

मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानीसँग आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख लगायतले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग गरेको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र […]

Continue Reading

निसानको पाँचौ सामूहिक लोकनृत्य प्रतियोगिता सम्पन्न, गोकर्णेश्वर लाइट एकेडेमी प्रथम

राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको पाँचौँ सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसइई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा निसानले शनिवार नारायण्टारको नवीन फुलल्याण्डमा कार्यक्रम सम्पन्न गरेको हो । सामूहिक लोकनृत्य प्रतियोगितामा २० हजार नगद पुरस्कारसहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा जीवन तारा एकेडेमीले १५ हजार […]

Continue Reading