बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष नेपाललाई सम्मान

विविध

रेडियो मिसन ।
बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाललाई सम्मान गरिएको छ । “हाम्रो पुर्व विद्यार्थी हाम्रो एउटै पहिचानः सरस्वती मावि संरक्षणमा साझा अभियान“ भन्ने नारा सहित हेलम्बु ४ ग्याल्थुममा सम्पन्न शुभ दिपावली विशेष चियापान तथा बधाई कार्यक्रको अवसरमा सोहि विद्यालयका पूर्व विद्यार्थी नेपाललार्ई सम्मान तथा बधाई ज्ञापन गरेको हो । पुर्व विद्यार्थी समाजले उहाँलाई सफल कार्यकालको शुभकामना दिएको थियो । यस कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उहाँले कक्षा ५ देखि एसएलसी सम्म सो विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै आयोगका उपाध्यक्ष नेपालले आयोगमा पुगेको दिन बिद्यालयलाई सहयोग गर्छू भन्ने लागेको बताउँदै अब सहयोग गर्ने बताउनुभयो । “म जुन दिन योजना आयोगमा पुग्छु त्यो दिन विद्यालयलाई सहयोग गर्छु भन्ने लागेको थियो, अब सहयोग गर्छु ।” उपाध्यक्ष नेपालले भन्नुभयो । मेलम्चीको विपदलाई सानो बजेटले नहुने भन्दै उहाँले यो क्षेत्रमा बिपद प्राधिकरणको शाखा नै बनाएर १०–१५ बर्षे योजना लागू गर्नुपर्ने धारणा राख्नुभयो । यो क्षेत्रलाई संरक्षण गर्न अरबौँ बजेट लाग्ने देखिएको बताउँदै संरक्षणको लागि सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

संघिय सरकार र प्रदेश सबै ठाउँमा पुगेर बजेट ल्याएपनि प्रर्याप्त नभएको वडा अध्यक्ष बुद्दिमान तामाङले बताउनुभयो । अब भने आयोगका उपाध्यक्ष नेपालले विद्यालय संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने उहाँको विश्वास थियो ।

प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले पनि यसै बिद्यालयमा पढेको बिद्यार्थी यहाँ सम्म पुग्नु हाम्रो लागि गर्वको भएको बताउँदै उहाँ बाट बिद्यालयलाई विशेष सहयोग होला भन्ने बिश्वास रहेको बताउनुभयो ।

पुर्व प्रधानाध्यापक हरि कुमार शर्माले बिगतमा पढाएको क्षण सम्झँदै नेपाल विद्यालयको एक अब्बल विद्यार्थी रहेको र एक पटक सिकाएपछि कहिल्यै नविर्सने स्वभाव रहेको बताउनुभयो । त्यहि लगनशिलताले यो ठाउँमा पुगेको र यहाँको धुलिमाटीमा जन्मेको मान्छे उच्च ओहदामा पुग्नु खुशीको कुरा भएको बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष कृष्ण थापाले विद्यालय रहे सम्म ग्यालथुमको शाख रहने बताउँदै अहिले विद्यालय जोगाउन लागि परेकाले यसमा सबैको सहयोग जरूरी रहेको बताउनुभयो ।

त्यस्तै आयोजकको तर्फबाट पुर्व विद्यार्थी समाज सरस्वती माविमा देवि प्रसाद लामिछाने विद्यालय संरक्षण अभियान सुरू गरि ५–६ लाख रकम संकलन भएको र ३६ लाख नेपाल सरकार तथा अरू अभियान बाट ५० लाख रकम सुनिश्चित भएको जानकारी दिनुभयो । साथै विद्यालयले योजना आयोगका उपाध्यक्ष डा गंगादत्त नेपाल समक्ष विद्यालय संरक्षणको लागी पहल गर्न आग्रह गरे ।

Leave a Reply