‘माया प्रमाणित गर्न’ एचआईभी संक्रमित प्रेमीलाई रक्तदान

जीवन शैली प्रवास रोचक स्वास्थ्य

माया अन्धो हुन्छ । यो कुरा हामीले थुप्रै पटक देखेका, सुनेका र भोगेका छौँ । तर यहाँ एउटी किशोरी मायामा यत्तिसम्म अन्धो हुनुभयो कि उहाँले मायामा उमेर, वर्ण, जात, धन केहीलाई पनि वास्ता त गरिनन् नै रोगलाई समेत बेवास्ता गर्नुभयो ।


भारतकी १५ वर्षकी एक किशोरीले आफ्नो माया प्रमाणित गर्न निकै अचम्मको तरिका अपनाउनु भएको हो । एचआइभीद्वारा संक्रमित प्रेमीको रगत आफूमा चढाएर उहाँले आफ्नो माया व्यक्त गर्न खोज्नुभएको छ ।


मायामा हामीले जे जति कुरा गछौँ त्यो कहिलेकाँही मुर्खतापूर्ण र जोखिमयुक्त हुन्छ । भारतको आसामकी यी किशोरीकै उदाहरण लिन सकिन्छ । स्नेहको यो असामान्य प्रदर्शनको खबरले १५ वर्षीया किशोरीको परिवारलाई मात्रै होइन, सुन्ने जति सबैलाई स्तब्ध पारेको छ ।


नाम नखुलाइएकी किशोरी र प्रेमी विगत तीन वर्षदेखि सम्बन्धमा थिए । यी दुईको भेट फेसबुकमार्फत् भएको थियो । एचआइभीद्वारा संक्रमित केटा भारतकै हाजो प्रान्तको भएको बताईएको छ । विगतमा यी दुईले दुईपटक भाग्ने कोसिससमेत गरेका थिए तर किशोरीका परिवारले उनीहरुको खोजी गरेर छोरी फिर्ता ल्याएका थिए ।

तर यसपटक भने आफ्ना प्रेमीसँग भाग्नुको साटो, १५ वर्षीया किशोरीले आफ्नो प्रेम प्रमाणित गर्ने अझ चरम बाटो अपनाएको बताईएको छ । उहाँले सिरिन्ज लिनुभयो र एचआईभीद्वारा संक्रमित प्रेमीको रगत आफूलाई इन्जेक्ट गर्नुभयो । आफूले के गरिरहेको छु भनेर उहाँलाई राम्रोसँग थाहा पनि थियो । ती केटालाई प्रेमिकाको यस्तो व्यवहार थाहा छ कि छैन भनेर स्पष्ट जानकारी छैन ।

हाजोमा प्रहरीले युवतीका प्रेमीलाई यसअघि नै नियन्त्रणमा लिएको छ । अभिभावकले उनीविरुद्ध उजुरी दिएका छन् । किशोरी हाल डाक्टरको निगरानीमा रहेको तर एचआइभी भाइरसले प्रतिरक्षा प्रणालीलाई नष्ट गर्नबाट जोगाउनका लागि अब जीवनभरी औषधि लिनुपर्ने सम्भावना भने छ ।

Leave a Reply