सरकारले गर्नुपर्ने काममा सामाजिक संस्थाले सहजिकरण गरिरहेकाे छ : नगरप्रमुख तामाङ 

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङज्यूले सामाजिक संस्थाले सरकारले गर्नुपर्ने काममा सहजिकरण गरिरहेकाे बताउनुभएकाे छ। ह्यन्डी क्राफ्ट इन्टरनेशनलकाे सहयाेगमा टुकी संघ सुनकाेशीले सञ्चालन गरेकाे अपाङ्ता भएका व्यक्तिहरुकाे पहुँच वृद्धि परियाेजनाकाे स्थानीय परियाेजना सल्लाहकार समितिकाे वैठककाे अध्यक्षता गर्दै तामाङले संस्थासँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले अपाड्गता भएका व्यक्तिको क्षेत्रमा संस्थाले सकारात्मक काम गरेकाे बताउनुभयाे । २ कराेड ४ लाख ३ हजार ९ सय ४ रपैँया कुल बजेट रहेकाे परियाेजनाकाे हाल सम्म ७२ लाख ८७ हजार २ सय २८ रुपैया खर्च भएकाे वैठकमा जानकारी दिईएकाे थियाे ।

परियाेजना अन्तर्गत मेलम्ची नगर अस्पतालमा फिजियाेथेरापी सेवा लगायतका कार्यक्रम सञ्चालित छन् ।

Leave a Reply