अनेरास्वबियू (क्रान्तिकारी) इन्द्रावती गाउँपालिकाको अध्यक्षमा कृष्ण दुलाल चयन

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारी इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँपालिकान सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले कृष्ण दुलालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिती पनि गठन गरेको छ । समितीको उपाध्यक्षमा वर्षा लामा, बिनिता तिरुवा र सुशान सिग्देल, सचिवमा बिकाश दनुवार, सह सचिवमा निरुता श्रेष्ठ, कुसुम सापकोटा र असल तामाङ साथै कोषाध्यक्षमा रीता बिश्वकर्मा चयन हुनुभएको संगठनका पूर्व अध्यक्ष दिपक दनुवारले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पवन कार्कीको प्रमुख आतिथ्यतामा इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थित सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) को भवनमा सम्मेलन भएको हो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्यहरु बिर बहादुर तामाङ र नुन बहादुर सापकोटा मनोज, अनेरास्वबियू क्रान्तिकारीका जिल्ला अध्यक्ष क्षितिज तामाङ लगायत पार्टीका बिभिन्न तहका नेताहरुको उपस्थिती रहेको संगठनका पूर्व अध्यक्ष दिपक दनुवारले जानकारी दिनुभयो । संगठनमा आबद्ध बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेको कार्यक्रममा १५० भन्दा बढीको सहभागी थियो ।

Leave a Reply