इन्द्रावतीमा शिक्षक भलिबल प्रतियोगिता सुरु

* # खेलकुद समाचार सिन्धुपाल्चोक

मंसिर १५ 
इन्द्रावती गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । इन्द्रावती गाउँपालिका ५ मा रहेको ऐसेलुखर्क माध्यामिक विद्यालयमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको प्रतियोगितामा आज पहिलो दिन पाँच ओटा खेलहरु भएका छन् । 


आज भएको पहिलो खेलमा नवलपुर माध्यामिक विद्यालयलाई पराजित गर्दै राजेश्वरी माध्यामिक विद्यालय बिजयी भएको छ । आजै भएको अर्को खेलमा सिंहमती माध्यामिक विद्यालयले भिमेश्वरी माध्यामिक विद्यालयलाई र राजेश्वरी माध्यामिक विद्यालयले जनता माध्यामिक विद्यालयलाई पराजित गरेको छ भने सिम्पालेश्वरी माध्यामिक विद्यालयलाई पराजित गर्दै भिमेश्वरी माध्यामिक विद्यालय बिजयी भएको छ । आजको अन्तिम खेलमा कमला देवी माध्यामिक विद्यालयले महेन्द्र माध्यामिक विद्यालयलाई पारजित गरेको छ । 
भोलि बिहान साँढे सात बजेबाट खेल सुरु हुने र पहिलो खेलमा चण्डेश्वरी माध्यामिक विद्यालय र ऐसेलुखर्क माध्यामिक विद्यालय बिच खेल हुने आयोजकले जनाएको छ ।


प्रतियोगितामा १० ओटा माध्यामिक बिद्यालयका शिक्षकहरूको टिम सहभागी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र रहेका १२ माध्यामिक विद्यालयहरू मध्ये सेती देवी माध्यामिक विद्यालय र सिपा तिनघरे संस्कृत विद्यालय भने प्रतियोगितामा सहभागी भएको छैन । इन्द्रावती गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिन सम्म चल्ने र प्रतियोगितामा बिजयी हुने टिमले ट्रफी र मेडल सहित नगद पुरस्कार पनि प्राप्त गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन धामीले जानकारी दिनुभयो ।

Leave a Reply