इन्द्रावतीको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न भएको छ ।


गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको सभाध्यक्षतामा सम्पन्न गाउँसभाले ४ बिधेयक समेत पास गरेको छ ।


बालबालिका सम्बन्धी विद्येयक २०७९, इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि बिद्येयक २०७९ र इन्द्रावती गाउँपालिकाको निर्माण ब्यवसाय नियमन गर्ने कार्यविधि विधेयक २०७९ सर्वसहमतीले पारित भएको हो ।


विधेयक गाउँसभाबाट पारित भएसँगै सो विधेयक ऐन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सर्माले जानकारी दिनुभयो । यसलाई १५ दिनभित्रमा राजपत्रमा प्रकाशित गरिसक्नुपर्ने र प्रकाशित भएपछि कानुन बन्ने सर्माको भनाइ छ ।


गाउँसभामा उपाध्यक्ष सोभना तामाङले दस्तुर शुल्क लगाउने र छुट दिने अर्थ बिद्येयक २०७९ र संसोधित विनियोजन विद्येयक पेश गर्नुभएको थियो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सर्माले प्रथम चौमासिकमा भएको प्रगतीको बिवरण सार्वजनीक गर्नुभएको थियो । वडा कार्यालयबाट विद्युतिय माध्यमबाछ सम्झौता सुरु गरिएको र वडा बाटै १० लाख सम्मको सम्झौता गर्न सकिने उहाँले जानकारी दिनुभयो । हाल सम्म ५० वटा योजनाको सम्झौता सम्पन्न भइसकेको छ । वडाहरु बाट २० वटा योजनाको भुत्तानी भइसकेको छ ।


यस बर्षबाट इन्दावती गाउँपालिकामा रहेका ६० बर्ष नाघेका एकल पुरुषलाई मासिक ५ सयको दरले भत्ता उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरीसकेको र अब कार्यान्वयनको चरणमा रहेको पनि उहाँले जानकारी दीनुभयो ।

Leave a Reply