नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं. ६ मा नयाँ समिति गठन गरिएको छ। स्थानीय तहको समन्वय, विकास तथा विभिन्न गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको हो।
गठित समितिको सभापतिमा ढुण्डीराज कोइराला चयन भएका छन् भने उपसभापतिमा शुक्रमाया तमाङ र सचिवमा सीत कुमार मल्ल रहेका छन्। त्यसैगरी सदस्यहरूमा शंखर शाही, माधव प्रसाद कोइराला, लक्षमण थापा, बालकृष्ण बि. क., हरी रानामगर तथा हेमनाथ आचार्य रहेका छन्।
नवगठित समितिले वडाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा स्थानीय आवश्यकताअनुसार योजना निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि समितिसँग सहकार्य गर्दै वडाको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
