गुरु बाट आशिर्वाद लिँदै वंशलाल तामाङकाे चुनावी अभियानकाे शुभारम्भ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

काठमाण्डाै,

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चाेकका नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले अग्रज व्यक्ति कखरा सिकाउने गुरूकाे आशिर्वाद लिएर चुनावी अभियानकाे शुभारम्भ गर्नुभएकाे छ ।

काठमाण्डाैमा अग्रज व्यक्तित्वहरूकाे भेला गरि उम्मेद्वार तामाङलाई कखरा सिकाउने गुरु केदारनाथ खनाल, प्राध्यापक श्रीराम सापकाेटा, रूद्वलाेचन आचार्य लगायतका अग्रज व्यक्तित्वहरूले आशिर्वाद दिनुभएकाे थियाे । कार्यक्रमकाे सभाध्यक्षता नेपाल प्रजातान्त्रिक सेनानी संघ सिन्धुपाल्चाेकका अध्यक्ष रूद्वलाेचन आचार्य र प्रमुख आतिथ्यता प्रतिनिधिसभा सदस्य उम्मेद्वार वंशलाल तामाङकाे रहेकाे थियाे ।

चुनावी अभियान कार्यक्रमकाे शुभारम्भ गर्दै नेपाल प्रजातान्त्रिक सेनानी संघ सिन्धुपाल्चाेकका अध्यक्ष रूद्वलाेचन आचार्यले श्रीपञ्चमीकाे शुभ दिन पारेर आशिर्वाद दिनकाे लागि कार्यक्रम गरिएकाे बताउनुभयाे । “भदाै २४ काे जेनजी आन्दाेलन बाट भ्रस्ट नेता अफाप हाे र अब स्वस्च छवि भएकाे व्यक्ति आवस्यक छ”, आचार्यले भन्नुभयाे । कांग्रेसले शैक्षिक क्षेत्रमा गरेकाे कामकाे खाका तयार गरिने बताउँदै उहाँले शुभ आशिर्वाद दिनकाे लागि याे कार्यक्रम गरिएकाे जानकारी दिनुभयाे । “वंशलाल तामाङले कुनै भ्रस्टाचार गर्ने छैनन् भन्नेमा हामी ढुक्क छाैँ”, आचार्यले भन्नुभयाे ।

कार्यक्रममा समाजसेवी तथा अग्रज व्यक्तित्व केदारनाथ खनालले २०३३/ ३४ साल देखि नै वंशलाल तामाङ राजनितिमा सक्रिय रहनुभएकाे अवगत गराउनुभयाे । “उहाँले जित्नेमा म ढुक्क छु”, खनालले भन्नुभयाे ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेककि महिला नेतृ सविता गुरूङ, प्राध्यापक श्रीराम सापकाेटा, नेपाली कांग्रेस सिन्धुपाल्चाेक २ का सचिव विष्णु प्रसाद घाेरासैनी लगायतले वंशलाल तामाङले समाजलाई दिएकाे याेगदानकाे आधारमा सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका नेता माधव प्रसाद सिग्देलले विशेष अधिवेशनले युवाहरूमा आशा जगाएकाे बताउनुभयाे । “हामीलाई उम्मेदवारीकाे न्याय भएकाे छ । ईतिहास बाेकेकाे, बर्तमान देखि भविश्य वुझ्न सक्ने वंशलाल तामाङ हुनुहुन्छ”, सिग्देलले भन्नुभयाे ।

भेलामा मन्तव्य राख्दै नेपाली कांग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का पुर्व क्षेत्रिय सभापती सुर्य प्रसाद न्याैपानेले

सिन्धुपाल्चाेककाे बिकासकाे सवालमा कांग्रेस उम्मेद्वार वंशलाल तामाङ भुक्तभाेगी भएकाे उल्लेख गर्नुभयाे । २०४८ सालदेखि सिन्धुपाल्चाेक क्षेत्र नं २ लाई राजनितिक अन्याय भएकाे बताउँदै अहिले आफ्नाे क्षेत्रकै व्यक्ति चुनाव लड्न लागेकाेमा खुसी व्यक्त गर्नुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै उम्मेद्वार वंशलाल तामाङले नेपाली कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशनबाट परम्परागत राजनितिकाे साेच, व्याख्या सबै परिवर्तन भएकाे बताउनुभयाे । नेपाली कांग्रेसले नयाँ जीवन प्राप्त गरेकाे उल्लेख गर्नुभयाे ।

Leave a Reply