मेलम्ची नगरपालिका–३ मा नेपाली कांग्रेस मेलम्ची कार्यसमितिले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मेलम्ची क्षेत्रको विकासका लागि कम्तीमा तीन करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै, “पहिला संगठन बनाउन मान्छे पुग्दैन थिए, अहिले एउटै घरमा संगठन पुग्छ,” भन्दै कांग्रेसले बोलेको कुरा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ लाई विकासको लागी कुनैपनि क्षेत्रभन्दा कम हुा नदीने उहाँले बताउनुभयो ।
बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले भित्तेपात्रो विमोचन गर्दै, “पात्रो घर–घरमा झुन्डिएपछि कांग्रेस त्यहीँ छ भन्ने अनुभूति हुन्छ,” भन्दै विगतको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । अरू प्रदेशका माननीय भन्दा बढी बजेट आएको उहाँले दावी गर्नुभयो । मेलम्ची ३ र २ जोड्ने पक्की पुल ४ करोड ५० लाख, महविर गिरान्चौर सडक ३ करोडमा स्तरोन्नती, पिप्ले देखि तालामाराङ १३ करोड बजेट व्यावस्थापन गरेको उहाँले जानकारी दिनुभयो । यस्तै साँखु फड्केश्वर १६ करोड स्रोत सुनिश्चित, मेलम्ची भोताङ यस बर्ष १६ करोड स्रोत सुनिस्चित भएको पनि जानकारी गराउनुभयो । यस अघिको मन्त्री युवराज दुलाल भौतिक विकास मन्त्री हुँदा किन सडक स्तरोन्नती हुन सकेन भनेर प्रश्न समेत गर्नुभयो । यसअघि एमाले माओवादिका सांसदले बजेट ल्याउन नसकेको तामाङले बताउनुभयो । चनौटे पाल्चोक ६ करोड स्रोत सुनिश्चित भएको छ र मेलम्ची नवलपुर सडक युवराज दुलालले नभई हालका मुख्यमन्त्री बहादुर सिंह लामा अर्थमन्त्री हुँदा मोहन बहादुर बस्नेतको सिफारिसमा स्रोत सुनिश्चित भएको तामाङले बताउनुभयो । २०८२ मा पनि कुनै प्रदेशका माननिय भन्दा कम बजेट नल्याउने प्रतिवद्वता व्यक्त गर्नुभयो । चुनावमा बोलेको कुरा दिनगन्ती गरेर पूरा गर्ने तामाङको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि मेलम्ची नगर प्रमुख आईतमान तामाङले जिम्मेवारी लिएपछि त्यसलाई पूरा गर्नु आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । तामाङले नगरपालिकाले भवन, सिँचाइलगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिरहेको जानकारी दिँदै अब कांग्रेसको झण्डा १३ वटै वडामा फर्फरिने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसलाई बलियो बनाउन सबै निकाय भएपनि संगठन बलियो हुन न्सकेको तामाङको भनाई छ । अधिवेशनमा प्रसस्तै साथीहरू आउने तर बैठकमा सहभागी नहुनु मुखय समसया रहेको तामाङको भनाई थियो । पार्टी बलियो हुन भ्रातृ संगठन चलायमान गराई पार्टीका सबैसंग समन्वय गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिती सदस्य कुमार दुलालले प्रदेशको औचित्यको बारेमा बागमती प्रदेशले नागरिक सम्बाद कार्यक्रम गर्ने जानकारी दिनुभयामे । नेपाली कांग्रेस भरोसा गर्न योग्य पार्टी बनाउन जरूरी रहेको दुलालको भनाई थियो । जनताको भावना अनुसार काम गर्दै जाने हो भने बितृष्णा अन्त्य हुँदै जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, महासमिति सदस्य सविता गुरुङ र क्षेत्र नं. २ संगठन विभाग प्रमुख फडेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त राख्नुभएको थियो ।
मेलम्ची नगर सभापती बसन्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव निश्चल गिरीले सञ्चालन गर्नुभएको थियो ।

