इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले ३ वटा महत्वपूर्ण विषयमा छलफल गरी निर्णय भएको छ । स्थानिय विपद् तथा उत्थासिल कार्यढाँचा तर्जुमाका लागी सामुदायीक विकास तथा वातावरण शंरक्षण मञ्च नेपाल (CDECF) ले तयार पारेकाे कार्यपत्र प्रश्तुत गरीएको थियो । सो कार्यपत्र विपद् विज्ञ इच्छाराम सापकोटाले प्रश्तुत गर्नुभएको थियो ।
छलफलको क्रममा स्थानिय विपद तथा जलवायु उत्थानशिल कार्यढाँचाको प्रारम्भिक छलफल, सुख्खा मौसममा हुने विपदको पुर्वतयारी तथा प्रतिकार्य र बाढी पहिरोबाट भएको क्षतीको वर्गीकरण गरी क्षतीको रोकथाम तथा राहत दिने विषयमा छलफल भएको हो ।
सुख्खा मौसममा विभिन्न प्रकारका विपदहरु जस्तै आगलागी, खडेरी, पानीको अभाव, हावाहुरी तथा चट्याङबाट हुन सक्ने सम्भावित जोखिम न्युनिकरण गर्न स्थानिय तथा वडा विपद व्यवस्थापन समितिको बैठक नियमित राखि पुर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गराउने साथै सुख्खा मौसममा हुने विपदको पुर्वतयारीका लागी रेडियो एफ.एम मार्फत सचेतना कार्यक्रम सन्चालन गर्ने निर्णय भएको छ ।
ईन्द्रावती गाँउपालीकामा प्राप्त भएका ४४० वटा निवेदनहरुको हकमा क्षतीको रोकथाम तथा राहत वितरण सम्बन्धमा ५ सदस्य रहेको एक कार्यदल गरीएको छ । उक्त कार्यदलले ३ हप्ताभित्र सिफारिस गर्ने र उक्त सिफारिस उपर अर्को विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गर्ने तयारी भएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरण समक्ष Fire Pump र Fire Bulb लगाएतका बिपद सामाग्रिहरु माग गर्ने निर्णय भएको छ । असोज महिनाको बाढि पहिरोको कारण सरसफाइ भइ नसकेकोले बिपद कोषको रकमबाट इन्धन खरिद गरि गाउपालिकाको हालसम्म पनि मुख्य सडकहरुमा पुरा मेसिन प्रयोग गरेर सरसफाइ गराउने निर्णय भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले बैठकको सहजिकरण गर्नुभएको थियो । बैठकमा वडाका वडाअध्यक्ष, जनप्रतिनिधि, नेपाल प्रहरी, विपद्का क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवाला निकाय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
