सिन्धुपाल्चोक भूकम्पः एक कैदी घाइते, यी ठाउँमा भए क्षती

* # समाचार समाज सिन्धुपाल्चोक

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।

अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ । प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिनुभयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६‍.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply