ज्योति भञ्ज्याङ् आधारभुत विद्यालय मेलम्ची – ७ दुवाचौरको ४१ औं वार्षिकोत्सव तथा २१ औं अभिभावक दिवस सम्पन्न भएको छ ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले विद्यालयलाई प्राविधियुक्त बनाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई राम्रो बनाउन अभिभावक , शिक्षक, विद्यार्थी सबैको उतिकै महत्त्वपूर्ण भुमिका हुने बताउँदै तामाङले क्षमतावान नागरिक उत्पादनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । जनजाति बसोबास बढि रहेको स्थानमा अझ आफ्नो बालबच्चाको शिक्षामा ध्यानदिनुपर्ने उँहाले बताउनुभयो । अधिकार भएन भन्नु भन्दापनि आफुनै अग्रसर भएर अघि बढ्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले एक विद्यालय एक छात्राबास निर्माणका लागि प्रदेशमा पनि आवाज उठेको बताउदै यसले गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची (७ का पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ , समाजसेवी गणेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उत्कृष्ट शिक्षक नेत्रबहादुर दोङ, उत्कृष्ट विद्यार्थी ग्याल्मो दोङ, उत्कृष्ट अभिभावक अस्मिता तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै अभिभावक प्रतियोगितामा रोहित कुमार श्रेष्ठ प्रथम, श्यामसुन्दर श्रेष्ठ दित्तिय, अस्मिता नेपाली तृतीय र गोपाल दमाईले सान्त्वना स्थान प्राप्त गर्नुभएको प्र अ धिरज श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरबहादुर दोङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक धिरज श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
![1674a188-ee3a-45e9-9768-ffc6aee4c5cf-1739182481.jpg](https://radiomelamchi.com/uploads/posts/1674a188-ee3a-45e9-9768-ffc6aee4c5cf-1739182481.jpg)
![efdfb530-16ca-4df2-915d-7699b4606e78-1739182463.jpg](https://radiomelamchi.com/uploads/posts/efdfb530-16ca-4df2-915d-7699b4606e78-1739182463.jpg)
![a2a89c3d-4a04-4988-a7d7-b92b84c8d90c-1739182463.jpg](https://radiomelamchi.com/uploads/posts/a2a89c3d-4a04-4988-a7d7-b92b84c8d90c-1739182463.jpg)
![3fb2630d-5cfa-4dea-8118-16b1af703b81-1739182443.jpg](https://radiomelamchi.com/uploads/posts/3fb2630d-5cfa-4dea-8118-16b1af703b81-1739182443.jpg)
![ec10c987-23c6-42cf-b75d-6c82e14e3126-1739182439.jpg](https://radiomelamchi.com/uploads/posts/ec10c987-23c6-42cf-b75d-6c82e14e3126-1739182439.jpg)
![75841243-a002-42ab-8bb0-a7642c9e574b-1739182440.jpg](https://radiomelamchi.com/uploads/posts/75841243-a002-42ab-8bb0-a7642c9e574b-1739182440.jpg)
![eaa71cd1-2dc6-4df0-9c43-3c0c170c32ce-1739182437.jpg](https://radiomelamchi.com/uploads/posts/eaa71cd1-2dc6-4df0-9c43-3c0c170c32ce-1739182437.jpg)
![ea70985a-1b1c-42f7-b80e-d0d8f75908bd-1739182437.jpg](https://radiomelamchi.com/uploads/posts/ea70985a-1b1c-42f7-b80e-d0d8f75908bd-1739182437.jpg)