लेखक तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित

* # विविध समाचार समाज

वरिष्ठ पत्रकार तथा राजनीतिक विष्लेषक सुदर्शन आचार्य सम्मानित हुनुभएकाे छ । लेखक तथा राजनीतिक विष्लेषक आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।

आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष हुनुहुन्छ। नेपाल प्रेस युनियनमा आवद्ध उहाँलाई सिन्धुपाल्चोकवासीले अग्रज तथा अभिभावक पत्रकारका रूपमा लिने गरेका छन् ।


उहाँसहित चार जनालाई पुरस्कृत गरिएको छ । आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्यलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पुर्‍याएकोमा पुरस्कार प्रदान गरेको हो ।

त्यस्तै कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई सुशासन पुरस्कारबाट पुरस्कृत गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा भएको उक्त कार्यक्रममा सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

दिवसकै अवसरमा अख्तियारले उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा दुई अधिकृत र एकजना अधिकृतलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षभरि भएका अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उपसचिव विष्णुराज बेलबासे र प्रहरी नायब उपरीक्षक (डिएसपी) कमलकुमार खड्कालाई उत्कृष्ट अनुसन्धान अधिकृत र नापी अधिकृत रुबिना शाहीलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको हो ।

Leave a Reply