महेन्द्र माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

विविध


हेलम्बु ।

महेन्द्र माध्यमिक विद्यालय हेलम्बु ६ सुपारीटारको ६४ औं बार्षिक उत्सव समारोह,१५ औं आजिवन सदस्य भेला तथा २१ औं अभिभावक भेला एवम् पुर्व विद्यार्थी पुनर्मिलन समारोह सम्पन्न भएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका भित्रको शैक्षिक क्षेत्रलाई सुधार गर्नेकुरामा आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिका १० बर्षे शैक्षिक योजना बनाउन लागेको भन्दै सुझाव माग गर्नुभयो । उहाँले मोडेल स्कुल निमा ग्याल्जेनको भनेर आरोप लाग्नेगरेको भन्दै उहाँले हेलम्बुको सबै बिद्यालय आफ्नो रहेको बताउनुभयो । उहाँले गाउँपालिका भित्रका विद्यालयलाई मर्ज गर्दै अगाडी बढ्ने योजना रहेको भन्दै शिक्षालाई गुणस्तरीय र सुधार गर्दै जाने कुरामा आफु चिन्तित रहेको बताउनुभयो । महेन्द्र माध्यमिक विद्यालयमा रहेको होस्टेललाई ब्यबस्थित गर्दै लैजान गर्नुपर्ने सहयोगको लागी गाउँपालिका सकारात्मक रहेको बताउनुभयो ।

अध्यक्ष शेर्पाले संस्थाले गरेको कामको प्रचार विद्यालय तहले गर्ननपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष शेर्पाले बिद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँले ११÷१२ निशुल्क पढाउने र त्यसपछि पनि निशुल्कै पढाउने गरि योजना बनाउदै गरेको बताउनुभयो । उहाँले बालबिबाह रोकथामका लागी सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पैसा नभएर पढ्न नपाउने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्कार र संस्कृती जोगाउनका लागी गाउँपालिकाले संस्कृत र सम्भोटा लिपिको पढाई हुने गरेको उल्लेख गर्नुभयो । अध्यक्ष शेर्पाले हेलम्बुमा शिक्षा र स्वास्थ्य पुरै निशुल्क गर्ने योजनाका साथ गाउँपालिका लागिरहेको बताउनुभयो ।

May be an image of 4 people and temple
गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले विद्यालय बनाउनका लागी प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले अघिल्लो बर्ष बिद्यालयको बार्षिक उत्सव मनाउदै गर्दा आएको प्रतिबद्धता कति कार्यान्वयन भए भएनन् भन्ने बिषयमा अहिले छलफल हुनुपर्ने बताउनुभयो । उपाध्यक्ष लामिछानेले गाउँपालिकाले शिक्षामा गरेका लगानी र योजनाका बारेमा गहिरिएर अध्ययन गर्नुपर्ने बताउनुभयो । विद्यालयमा १ बर्षमा भएका प्रगतिको कामका बारेमा प्रतिवेदनमा समेट्नुपर्ने भन्दै गाउँपालिकामा माग गर्दा समेत पुरा हुन नसकेको योजना केहि भए खुलाउन आग्रह गर्नुभयो । अब शिक्षक,अभिभावक र जनप्रतिनिधि बिच सम्झौता गरेर अगाडि बढ्न सकेमात्र शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुने बताउनुभयो । 

May be an image of 6 people

वडा नम्बर ६ का अध्यक्ष सञ्चमान तामाङले विद्यालय प्रति अभिभावकको चासो कम भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षालाई प्राथमिकता दिन र वडा नम्बर ६ का विद्यार्थीलाई ६ नम्बर वडाकै विद्यालयमा पढाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय बालबिबाह बढ्दै गएकोमा उहाँले यसलाई रोकथाम गर्नुपर्नेमा जोड दिनुभयो । एसइइमा उत्कृष्ट नतिजा ल्याउने गर्न तयारी गर्न शिक्षक विद्यार्थीलाई निर्देशन दिनुभयो । राजनीति गर्नेहरुले महेन्द्र माध्यमिक विद्यालयको चिन्ता लिएर प्राथमिकता दिदै राजनीति गर्न समेत सुझाव दिनुभयो ।

May be an image of 4 people and text


पुर्व विव्यस अध्यक्ष हस्त पण्डितले गाउँपालिकाले शिक्षामा गरेको लगानीका बारेमा आफ्नो धारणा राख्नुभयो । उहाँले प्राबिधिक शिक्षाको बिषयलाई आफु अध्यक्ष भएको बेला सुरु गरेको स्मरण गर्दै अहिले हटेकोमा दुःख लागेको बताउनुभयो । उहाँले विद्यालयमा प्राबिधिक (ओभरसियर) बिषय अध्ययन गराएर शैक्षिक हब बनाउनपर्ने बताउनुभयो । सबै बिद्यालयलाई समान ब्यबहार गर्न उहाँले सुझाव दिनुभयो ।पण्डितले मेलम्ची भ्याली क्याम्पस जोगाउन प्रयत्न गर्न सुझाव दिनुभयो ।

May be an image of 3 people and text

कार्यक्रममा समाजसेवी नयन बहादुर पण्डितले विगत देखीनै विद्यालयमा सहयोग गर्दै आएको भन्दै अहिले तत्काललाई गर्दै आएको सहयोग रोकिएको जानकारी दिनुभयो । उहाँले आगामी बर्ष देखी पुनः सहयोगलाई निरन्तरता दिने बिश्वास दिलाउनुभयो । पण्डितले हाल सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको चासो घटेको भन्दै आफ्नो भविष्य र बालबालिकाको भविष्यको बारेमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

May be an image of 4 people and text

छिमेकी विद्यालयहरुको तर्फबाट भुमेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर ज्योतीले शुभकामना मन्तव्य राख्नुभयो । विद्यालयका पुर्व विद्यार्थी हाल पाँचपोखरी थाङपाल गाउँपालिका स्थित पाँचपोखरी प्राथमिक अस्पतालमा कार्यरत डाक्टर प्रवेश गजुरेलले आफ्नो अनुभव र मिहेनतका बारेमा जानकारी गराउनुभयो  । विद्यालयले विभिन्न स्थानमा सफलता हासिल गरेका पुर्व बिद्यार्थीलाई सम्मान समेत व्यक्त गरेको थियो । विद्यार्थीहरुले गीति नाटक संगै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक उद्धव लामिछानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको विद्यालयका शिक्षक राजु थापाले सहजीकरण गर्नुभएको थियो ।

May be an image of 4 people and dais
May be an image of 8 people
May be an image of 7 people and text

Leave a Reply