तामाङ राष्ट्रिय मुक्ति मोर्चा इन्द्रावतीको अध्यक्षमा लाक्पा तामाङ राकेश

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती गाउँपालिकामा जनता संग तामाङ मोर्चा बिशेष रुपान्तरण अभियान अन्तर्गत गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट लाक्पा तामाङ राकेशको अध्यक्षतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल इन्द्रावती गाउँपालिकाको नयाँ कार्यसमिति गठन भएको । समितिको उपाध्यक्षमा गणेश बहादुर तामाङ, दिल बहादुर तामाङ र रोशन तामाङ, सचिवमा तिर्थ बहादुर तामाङ, सहसचीवमा बल बहादुर तामाङ साथै कोषाध्यक्षमा प्रेम तामाङ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा भिम बहादुर तामाङ, हेम बहादुर तामाङ, दिपक तामाङ, सलिना तामाङ, जित बहादुर तामाङ, आसिका लामा, केशव तामाङ र सोम बहादुर तामाङ चयनहुनुभएको छ ।

कार्यक्रमका नेकपा माओवादी केन्द्रका इन्द्रावती गाउँपालिका अध्यक्ष मान बहादुर श्रेष्ठले इन्द्रावतीमा तामाङको बाहुल्यता रहेको जानकारी गराउँदै अब पार्टीले तामाङको जातियताको मुद्दा लिऐर अगाडि बढ्नु पर्ने अवस्था आएको बताउनुभयो । साथै पार्टी सदस्यता नविकरण नगरेका कार्यकर्ताहरुलाइ नविकरण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

पार्टीका प्रदेश कमिटी सदस्य नुन बहादुर सापकोटाले बर्गिय मुक्ति बिना जातिय मुक्ति सम्भाव नभएको बताउँदै कम्युनिस्टको कुनै जात नभएको र कम्युनिस्ट सबै जात जातिको पार्टी भएको बताउनुभयो ।

पार्टीका प्रदेश सदस्य बिर बहादुर तामाङले कुलमान घिसिङले नेपालमा तामाङको प्रतिष्ठा जोगाइराखेको बताउनुभयो । साथै देश अहिले संक्रमिनकालिन अवस्थामा रहेको र भबिस्यमा चुनावमा आफु जित्ने नजित्ने सुनिश्चित भएपछि मात्र उठनु उहाँको धारणा थियो ।

पार्टीका बागमती प्रदेश सदस्य तथा जुगल गाउँपालिकाका प्रमुख रेशम स्याङ्बोले तामाङ राष्ट्रिय मुक्ति मोर्चा स्वाचालित हुनुपर्ने बताउनुभयो ।

मोर्चाका गाउँपालिका अध्यक्ष लाक्पा तामाङ राकेशको सभापतित्तवमा र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य उमेश स्थापितको प्रमुख आतिथ्यतामा मध्य सिन्धु सहकारी संस्थाको सभाहल नवलपुरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्मति प्रदेश सदस्य बिर बहादुर तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य नुन बहादुर सापकोटा, सिन्धुपाल्चोक जिल्ला समन्वय सदस्य पुण्य प्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका इन्द्रावती गाउँपालिका अध्यक्ष मान बहादुर श्रेष्ठ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल इन्द्रावती गाउँपालिका उपाध्यक्ष मेनुका तामाङ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply