इन्द्रावतीमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने तालिम सुरु

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रबिन दनुवार ।
इन्द्रावती गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तथा माध्यमिक तहका शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी पाँच दिने सेवाकालीन तालिम सुरु भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले तालिमको उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले इन्द्रावतीलाई समृद्ध पालिकाको रुपमा विकास गर्न जनताले पाँच वर्षका लागि आफूलाई निर्वाचित गरेर पठाएको बताउनुभयो । समृद्ध पालिका बनाउन श्रोत र साधन, दक्ष जनशक्ति र कार्यविधि आवश्यक हुने बताउँदै कार्यक्षमताको विकास गर्न पालिका मातहतका सबै शाखाहरुलाई तालिमको व्यवस्था गरिएको र त्यसैअनुरूप शिक्षकहरुको कार्यक्षमताको बिकासको उद्देश्यले तालिमको आयोजना गरिएको उहाँको भनाई थियो । तालिमका लागि तालिम नबनाई पाँच दिन हुने सेवाकालीन तालिमबाट सिकाइ उपलब्धि गर्न सहभागीहरुलाई नेपालले अनुरोध समेत गर्नुभयो ।

त्यस्तै  शैक्षिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन पालिका दृढता पूर्वक लागि रहेको उहाँले बताउनुभयो । तालिम सकिएपछि विद्यालयहरुमा सिकाइ उपलब्धि मूल्यांकनको लागि पालिकाबाट अनुगमन गरिने नेपालले जानकारी गराउनुभयो । 
पालिका प्रमुख प्रसासकीय अधिकृत राम प्रसाद शर्माले शिक्षकको गुनासो धेरै आउने तर कार्यसम्पादनमा उपलब्धि नभएको भन्दै बिद्यार्थीहरुको पढाइमा लापरवाही भएमा शिक्षकलाई पालिकाको दायरामा ल्याउने बताउनुभयो । विद्यालयमा निम्न वर्ग, सीमान्तकृत जनजाति, लोपोन्मुख, बिद्यार्थीहरुले पढ्ने भएकोले जिम्मेवार भएर शिक्षकहरुले पढाइमा जोडदिनु पर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । 

त्यस्तै विगतमा राज्यले शिक्षकलाई दोस्रो दर्जाको कर्मचारीको रुपमा हेरिएको धारणा रहेकोमा अहिले भने त्यस्तो नरहेको शर्माले बताउनुभयो । पालिकाले  शिक्षकहरुको मनोविज्ञानलाई बुझि शैक्षिक उत्प्रेरणा जगाएर  शैक्षिक विकास गर्नका निम्ति  पालिका सचेत रहेको उहाँले बताउनुभयो । विद्यालयमा छिटै बालमैत्री स्थानीय शासन कार्यक्रम ल्याउने तयारी भइरहेको शर्माले बताउनुभयो । 

२०८० चैत मसान्तसम्म इन्द्रावतीलाई बालमैत्री पालिकाको रुपमा बिकास गर्ने लक्ष्य रहेकोले बालमैत्री स्थानीय शासनमा बिद्यालयको शैक्षिक गुणस्तर सम्बन्धी बिद्यार्थीहरुको पढाइ, वातावरण, विद्यार्थी अनुशासन, शिक्षक अनुशासन सम्बन्धी रहेकोले कडाइका साथ पालना गरिने शर्माले बताउनुभयो । पालिकाले विद्यार्थी सँगै शिक्षकको समस्या बुझी नीति लागू गरिने उहाँले बताउनुभयो ।

इन्द्रावती गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मीन धामीले सञ्चालन गर्नुभएको तालिममा आधारभूत र माध्यमिक विद्यालयहरूको १९ जना शिक्षकहरुको उपस्थिति रहेको छ । प्रशिक्षकको गणेश प्रसाद ओझाले तालिमको सहजीकरण गर्ने धामीले जानकारी दिनुभयो । 

Leave a Reply