जिल्ला स्तरीय पाँचपोखरी कप उपाधीको लागी चौतारा र सुनकोशीले खेल्ने

विविध

जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधीको लागि चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका खेल्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पराजित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका फाइनल प्रवेश गरेको हो । चौताराले आयोजक टोलीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै सुनकोशी गाउँपालिका पनि फाइनलमा पुगेको छ । आजै भएको दोस्रो सेमिफाइनलमा इन्द्रावती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चौतारासँगको फाइन भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै पक्षले १–१ गोल गरेपछि सुनकोशी र इन्द्रावतीको खेल पेनाल्टीमा धकेलिएको थियो।

अब उपाधीका लागि मंगलबार दिउँसो २ बजे यी दुई टोलीबीच प्रतिस्पर्धा हुने गाउँपालिका स्तरीय खेलकुद बिकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा पेमाथाङ्ग समानता खेलकुद मैदानमा जारी प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी भएका थिए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेता हुने टोलीले ५० हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।।

Leave a Reply