मेलम्ची – ७ मा दुवाचौर सामुदायिक भवन उद्घाटन 

* # समाचार समाज सिन्धुपाल्चोक

दुवाचौर ।

मेलम्ची –७  स्थित दुवाचौर सामुदायिक भवन उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर), पुर्व मन्त्री निमा लामा लगायतले भवन उद्घाटन गर्नुभएकाे हाे ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य तामाङले सबैको पहलले सामुदायिक भवन बनेको बताउँदै यसले समुदायलाई सहज हुने बताउनुभयो ।उहाँले चुनाबी प्रतिबद्धता पुरा गर्दै गएको बताउँदै अन्य विकास निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । तामाङले दुवाचौर– पाल्चोक , शेर्माथाङ, बरुवा मोटरबाटोको सुधारसंगै  यस भेगको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने भएकाले यसमा सबै मिलेर पहल गरिने बताउनुभयो ।

उहाँले फट्टे र तालामाराङमा पक्कि पुल निर्माणका लागि पहल गरिरहेको बताउनुभयो । फट्टेमा नगरपालिकाले आफ्नै स्रोतले बनाउने भनेपनि केहि प्राबिधिक कुरा बाँकि रहेकोले यसलाई अगाडी बढाउन प्रयास गरिरहेको तामाङले बताउनुभयो ।

पुर्वमन्त्री निमा लामाले भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै दुवाचौरलाई पर्यटकिय क्षेत्र बनाउन सबैले पहल गरे सफल हुने बताउनुभयो । उहाँले यहाँको सडक  सुधार र होमस्टे , होटल खोल्न सके पर्यटक अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष पासाङ तामाङ ,पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले  यहाँका मोटरबाटो , पक्की पुल लगायतका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सामुदायिक भवनबाट यहाँका ५५ घर लाभान्वित हुने  भवन निर्माण समितिका अध्यक्ष जितबहादुर तामाङले जानकारी दिनुभयो । भवन निर्माणका लागि वडाबाट ४ लाख, बागमती प्रदेशसभाबाट तत्कालीन मन्त्री निमा लामा मार्फत १५ लाख र प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ(समिर)को पहलमा रु २० लाख तथा स्थानीयको  सहयोग गरि करिव ४० लाखको लगानिमा भवन निर्माण सम्पन्न भएको तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची –६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङ, स्थानीय समाजसेवीहरु ज्यानबहादुर तामाङ, गणेश तामाङ, काङ्ग्रेस मेलम्ची ७ का सभापति दिप तामाङ लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 10 people, temple and text
May be an image of 5 people and mountain
May be an image of 4 people, temple and text
May be an image of 5 people, temple and text
May be an image of 10 people, temple and text
May be an image of 4 people, dais and text
May be an image of 2 people and temple
May be an image of 6 people, temple and text
May be an image of 5 people, temple and text

Leave a Reply