एउटै गाउँपालिकाका तीनजनालाई युगान्तकारी सम्मान

एउटै गाउँपालिकाका तीन व्यक्तित्व सम्मानित बनेका छन्। सिन्धुपाल्चोककाे पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नंबर-७ का वडा अध्यक्ष सुके तामाङ र साेही वडा निवासी सामाजिक अगुवा एवम् लायन्स क्लब अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालय तथा पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नंबर ४ का वडा अध्यक्ष कुल बहादुर बस्नेत एकसाथ सम्मानित बनेका हुन् । युगान्तकारी मिडियाको साताै […]

Continue Reading

स्थानिय तह संस्थागत क्षमता स्व-मूल्यांकनमा गाउँपालिकातर्फ ईन्द्रावति पहिलाे

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (LISA) नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार ८५.७५ अंकसहित इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको दोस्रो उत्कृष्ट स्थानीय तह बनेको छ । गाउँपालिकातर्फ ईन्द्रावती प्रथम भएकाे हाे । यस वर्षको स्वमूल्याङ्कनमा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित पहिलो स्थानमा रहँदा, इन्द्रावती गाउँपालिका नजिकैको […]

Continue Reading

सिन्धुपाल्चोकमा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA) मा मेलम्ची उत्कृष्ट

सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०⁄८१ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन ( LISA ) को नतिजा सार्वजनिक गरेको छ । स्थानीय सरकार संस्थागत स्व–मूल्याङ्कन का आधारमा सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उत्कृष्ट भएको छ ।शुक्रबार प्रकाशित नतिजा अनुसार सिन्धुपाल्चोक जिल्लाबाट ८८.२५ अंक सहित मेलम्ची नगरपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह ठहरीएको छ । शासकीय प्रबन्ध, […]

Continue Reading

शिक्षक पेशा प्रति इमानदार हुनु जरुरी छ : नगर प्रमुख तामाङ

एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सिप विकाससम्बन्धी शिक्षकका लागि दुई दिने क्षमता विकास तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपालको सहयोग र साझेदारी नेपालले तालिम आयोजना गरेको हो ।कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले सिकेका कुरा व्यवहारमा उतार्न शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकको क्षमताविकासका लागि नगरपालिका […]

Continue Reading

बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु

मेलम्ची, भदौ ४ बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु भएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले तालिमको आयोजना गरेको हो। तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले समयअनुसार शिक्षण विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ प्रविधि र पद्धतिबाट बालबालिकालाई सिकाउन आग्रह गर्नुभयो। उहाँले बालबालिकाको इच्छा र रुचिअनुसार सिकाइ अघि बढाउनुपर्नेमा […]

Continue Reading

सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै […]

Continue Reading

पहिरोका कारण इन्द्रावती २ बाहुनबेसीमा दुई घर उच्च जोखिममा

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर २ बाहुनबेसीमा पहिरो जाँदा दुई घर उच्च जोखिममा परेको छ । साउन २३ र २४ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा चेतकुमारी आचार्य र चेतबहादुर आचार्यको दुई घर उच्च जोखिममा रहेको तथा राजु आचार्य र गङ्गा आचार्यको घर पनि जोखिममा परेको वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापाले जानकारी […]

Continue Reading

इन्द्रावती ८ मा निर्मित गोले बोन्पो (गोले झाँक्री) को पूर्ण कदको शालिक अनावरण

ज्यामिरेमाने ।इन्द्रावती गाउँपालिका ८ मा निर्माण भएको गोले बोन्पो (गोले झाँक्री) को पूर्णकदको शालिक अनावरण तथा उद्घाटन सम्पन्न भएको छ । जनै पूर्णिमा रक्षा बन्धनको दिन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल को प्रमुख अतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच आज शालिक अनावरण तथा उद्घाटन गरिएको हो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नेपालले इन्द्रावतीमा ऐतिहासिक […]

Continue Reading

हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

हेलम्बु । हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गरिएको छ। आज एक कार्यक्रमका बीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जन शेर्पाले पालिका भवनको शिलान्यास गरेका हुन् । २३ करोड १९ लाख लागत अनुमान रहेको उक्त भवन विश्रान्ति निर्माण सेवाले १४ करोड २३ लाख ४६ हजार ५७१ रुपैयाँ २४ पैसामा आउँदो वर्षको पुष भित्रमा सम्पन्न गर्ने गरी गत […]

Continue Reading

पाँचपोखरी थाङपालमा टेलिमेडिसिन सेवा सुरु

स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालित यो सेवा आज परिक्षण चरणमा सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री किरण थापाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले निर्देशन दिएअनुसार सेवा सञ्चालन गरिएको हो। टेलिमेडिसिनमार्फत अब स्थानीय बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञहरूसँग प्रत्यक्ष […]

Continue Reading