अनेरास्ववियु मेलम्ची नगरकमिटिको अध्यक्षमा रामहरि कार्की

मेलम्ची अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेलम्ची नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको अनेरास्ववियु सिन्धुपाल्चोकका सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा विभाग प्रमुख कृष्णगोपाल तामाङको प्रमुख आतिथ्यतामा आज बसेको बिस्तारित बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको हो […]

Continue Reading

मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध छ : उपप्रमुख डंगोल

भोटेचौर काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध रहेको बताउनु भएको छ । शुक्रबार मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा भोटैचौर एकिकृत पर्यटकीय पूर्वाधार विकास योजनाको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले मेलम्चीको कुषि उत्पादनबाट काठमाडौंले लाभलिरहेको बताउनुभयो । उहाँले भगिनि सम्बन्ध भन्दैमा आर्थिक मात्र नभै सँस्कृतिक, कृषिको पनि अनुसरण र लेनदेन गर्न […]

Continue Reading

अवरुद्ध मेलम्ची पाँचपोखरी मोटरबाटो सुचारु

मेलम्ची २ हप्ता अगाडी मेलम्ची ९ राम्चे डाँडामा सडक भाँसिएर अबरुद्ध भएको मेलम्ची पाँचपोखरी सडक सुचारु भएको छ । जोखिम मोलेरै सर्वसाधारण हरु यात्रागर्न थालेपछि दुर्घटना हुनसक्ने भन्दै मेलम्ची मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्दै सडक मर्मतको काम सुरु गरेको थियो । ठुला सवारी साधन बन्द गराएर मेलम्ची नगरपालिकाले […]

Continue Reading

सिन्धु काँग्रेसबाट २ जना पत्रकार प्रदेशमासभामा सिफारिस

नेपाली काँग्रेस , सिन्धुपाल्चोकले जिल्लाका २ जना क्रियाशील पत्रकारलाइ प्रदेश निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसले १ जनालाइ प्रत्यक्ष तर्फ र १ जनालाई समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको हो । संसदीय मामिला पत्रकार समुहका सचिव विष्णु खड्कालाई काँग्रेसले प्रतिनिधि सभा २, प्रदेश ख को लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । यसअघि एपिवान […]

Continue Reading

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

रेडियो मिसन पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । काभ्रेपलाञ्चोकको बनेपामा हिजो सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले […]

Continue Reading

मेलम्चीमा लागु भयो बजार व्यावस्थापनको नियम, सहयोग गर्दै व्यावसायी

रेडियो मिसन मेलम्चीको बजार व्यावस्थापनमा व्यावसायीहरुले साथ दीन थालेका छन् । हिजोमात्रै बजार अनुगमनको क्रममा नगर प्रमुख आइतमान तामाङले अव्यवस्थीत रुपमा रहेका संरचना हटाउन नीर्देशन दीनुभएको थियो । नगरपालीकाको आग्रहलाई स्वीकार्दै सबैभन्दा पहीला दीदी बहीनी फलफुल तथा जुस पसलले सटरभन्दा बाहीरको सामान हटाएको छ । नगरपालीकाको अभियानलाई साथ दींदै व्यवस्थीत बजार बनाउन सबैले आ–आफ्नो ठाँउबाट […]

Continue Reading

आफ्नै घरमा झुन्डीएको अवस्थामा पासाङको शव फेला

सिन्धुपाल्चोकको मार्मिङमा एकजना मृत अवस्थामा फेला परेको छ । जिल्लको भोटेकोशी गाउँपालिका ५ मार्मिङका ३७ वर्षिय पासाङ नुर्बु तामाङ आफ्नै घरमा आज झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्यलयले जनाएको छ ।

Continue Reading

खोला तर्ने क्रममा पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोमा परी र पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारी दिनुभयो । तीज मनाउन मामाघर मुलाबारी आएका थामि […]

Continue Reading

व्यवस्थीत बजार बनाउने परीकल्पना सहीत मेलम्ची बजारको अनुगमन

रेडियो मिसन मेलम्ची बजारको आज अनुगमन गरीएको छ । अवैध रुपमा निर्माण गरेको संरचना, फुटपाथलाई व्यवस्थापन गरी बजारलाई व्यवस्थित र सुरक्षित गर्न नगर प्रमुख आईतमान तामाङको नेतृत्वमा निरीक्षण तथा अनुगमन गरीएको हो । उधोग वाणिज्य महासंघ मेलम्ची, बजार व्यवस्थापन समिती सहीतको उपस्थीतीमा प्रमुख तामाङले अनाधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाउन निर्देशन दिनुभएको छ । […]

Continue Reading

भोटेकोसीको १०० दिनको प्रगति सार्वजनिक

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेको छ । गत बैशाख ३१ गते निर्वाचनमा विजयी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा लगाएतको जनप्रतिनिधिहरुको कार्यकाल एक सय दिन पूरा भएको अवसरमा पालिकाले आफ्नो प्रगति सार्वजनिक गरेको हो । भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएको मिति २०७९ भदौ १४ गते एक सय दिन […]

Continue Reading