हैवुङ , चुनावमा बाेलेका कुरा र प्रतिवद्वता दिनगन्ती गरेर पूरा गर्ने सांसद कृष्ण कुमार तामाङले बताउनुभएकाे छ ।
नेपाली कांग्रेस, मेलम्ची नगर कार्यसमितिद्वारा नव वर्ष २०८२ काे अवसरमा मेलम्ची ३ मा शाेमवार आयाेजित शुभकामना आदानप्रदान, वनभाेज, भित्तेपात्राे बिमाेचन तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद तामाङले अरू प्रदेशका माननीय भन्दा आफुले बिकासकाे काम धेरै गरेकाे दावि गर्नुभयाे । ‘अरू प्रदेशका माननीय भन्दा बढी बजेट मेराेमा आएकाे रहेनछ भने भन्नुस’, उहाँले भन्नुभयाे ।
मेलम्ची नवलपुर सडककाे लागि हालका मुख्यमन्त्री बहादुर सिंह लामा अर्थमन्त्री हुँदा स्राेत सुनिश्चित भएकाे उहाँले बताउनुभयाे । संघिय सांसद माेहन बहादुर बस्नेतकाे सिफारिसमा साे सडककाे कालाेपत्रे गर्ने काम भएकाे भन्दै सांसद युवराज दुलालले पहल गरेकाे भन्ने भ्रम रहेकाे उहाँले ठाेकुवा गर्नुभयाे । २०८२ मा पनि कुनै प्रदेशका माननिय भन्दा कम बजेट नपार्ने सांसद तामाङले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
आफु निर्वाचित भएदेखि हाल सम्म मेलम्ची ३ र २ जाेड्ने पक्की पुल ४ कराेड ५० लाख, महविर गिरान्चाैर सडक ३ कराेडमा स्तराेन्नती सुरू, पिप्ले देखि तालामाराङ १३ कराेड सुनिश्चित भएकाे जानकारी दिनुभयाे । साँखु फड्केश्वर १६ कराेड स्राेत सुनिश्चित, मेलम्ची भाेताङ यश बर्ष १६ कराेड स्राेत सुनिस्चित भएकाे सांसद कृष्ण कुमार तामाङकाे भनाई छ ।
‘यश अघि सांसद युवराज दुलाल भाैतिक मन्त्री हुँदा किन सडक स्तराेन्नती हुन सकेन’, उहाँले भन्नुभयाे ‘यसअघि एमाले माओवादिका सांसदले बजेट ल्याउन सक्नुभएन’ । चनाैटे पाल्चाेक सडककाे लागी ६ कराेड स्राेत सुनिश्चित भएकाे पनि उहाँले जानकारी दिनुभयाे ।
